कमजोर प्रतिरोधक क्षमता
जब तपाईंको प्रतिरोधात्मक क्षमताको स्तर समय बित्दै गएपछी कम र कम हुँदै जान्छ।
एनाफ्लेक्सिस
एक द्रुत र गम्भीर एलर्जी प्रतिक्रिया। यो खाना वा औषधीको प्रतिक्रियाले हुन सक्छ। लक्षणहरूमा सास फेर्न गाह्रो हुनु, चेतना गुमाउनु र रक्तचाप कम हुनु समावेश छन्। व्यक्तिलाई तत्काल मेडिकल ध्यानाकर्षण चाहिन्छ र कहिलेकाँही मर्न पनि सक्छन्।
सम्बन्ध
एउटा घटना भएकै समयमा अर्को घटना हुनुबीचको सम्बन्ध। दुवै घटनाहरू एकै समयमा भइरहेको छ भन्ने तथ्यले एउटा घटनाले अर्को घटनालाई निम्त्याएको हो भनेर प्रमाणित गर्दैन।
एसिम्प्टोमेटिक
शंक्रमनको कुनैपनी संङ्केत नभएको कोही व्यक्ती।
नियामक निकाय
एउटा सरकारी संस्था जसले उक्त देशमा कुन खोपहरू दर्ता गर्न सकिन्छ र कानुनीरूपमा प्रयोग गर्न सकिन्छ भन्ने निर्णय गर्दछ।
अष्ट्रेलियाली खोप रजिष्टर
एउटा इलेक्ट्रोनिक रजिष्टर जसले सबै अष्ट्रेलियालीहरूलाई दिइएका खोपहरूका बारेमा जानकारी समावेश गर्दछ।
दि अष्ट्रेलियन टेक्निकल एडभाईजरी ग्रुप अन ईमुनाईजेसन (खोपका लागि अष्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह) (ATAGI)
अष्ट्रेलियामा खोपको प्रयोग सम्बन्धी निर्णय लिन सरकारलाई सहयोग पुर्याउने विज्ञहरूको समूह।
समुह मूल्यांङ्कन
अष्ट्रेलियामा प्रयोग गरिने खोपहरू उच्च गुणस्तरको छन् भनेर जाँच गर्ने प्रक्रिया। थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (Therapeutic Goods Administration) ले यी जाँचहरू गर्नेछन्।
बुष्ट (थप खोप)
पहिलो खोप पछि लगाईने थप खोप, या त राम्रो प्रतिरक्षा निर्माण गर्नको लागि दिईन्छ वा प्रतिरक्षा लामो समयसम्म रहोस् भन्ने कुराको सुनिश्चित गर्न लगाईन्छ।
कोषाणुको मूल्याङ्कन
खोप सामग्रीहरू बनाउन तरलमा हुर्केका कोषिकाहरूको प्रयोग।